काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से २५.८९ अंकले बढेर दुई हजार ७३१.८० विन्दुमा पुगेको छ ।
बैंकिङ ४२, विकास बैंक ६२, फाइनान्स १२, होटल तथा पर्यटन ९, जीवन बीमा २५, उत्पादन ३२, माइक्रोफाइनान्स ७१, निर्जीवन बीमा ३४ र अन्य उपसमूह २ अंकले बढेको छ । त्यस्तै, आज हाइड्रोपावर ७ र व्यापार उपसमूह २२ अंकले घटेको छ ।
आज माई खोला हाइड्रोपावरको सेयर ८.१५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर ९.९२ प्रतिशतले घटेको छ ।
यस दिन ३१२ कम्पनीको दुई करोड ६४ लाख कित्ता सेयर ९ अर्ब ६८ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया