काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से २९ अंकले बढेर दुई हजार ७६०.८० विन्दुमा पुगेको छ ।
बैंकिङ ४९, विकास बैंक ८३, फाइनान्स ४६, होटल तथा पर्यटन ३३, जीवन बीमा ३, उत्पादन २३ र माइक्रोफाइनान्स उपसमूह १७३ अंकले बढेको छ । त्यस्तै, आज हाइड्रोपावर २९, निर्जीवन बीमा ४३ , अन्य ६ र व्यापार उपसमूह १० अंकले घटेको छ ।
आज एनआइसी एशिया र खानिखोला खोला हाइड्रोपावरको सेयर ९.९९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज हिमालयन हाइड्रोपावरको सेयर ९.९३ प्रतिशतले घटेको छ ।
यस दिन ३११ कम्पनीको तीन करोड २५ लाख कित्ता सेयर ११ अर्ब ४१ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया