काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २.०७ अंकले घटेर दुई हजार ९६२.१३ विन्दुमा पुगेको छ ।
बैंकिङ १३, होटल तथा पर्यटन २१, हाइड्रोपावर १९, जीवन बीमा ९४, माइक्रोफाइनान्स १९, निर्जीवन बीमा ९७ र अन्य १० अंकले घटेको छ । त्यस्तै, आज विकास बैंक १९३, फाइनान्स ७२, उत्पादन १३६ र व्यापार उपसमूह १४१ अंकले बढेको छ ।
आज विन्दवासिनी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ८.४९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज समता घरेलु लघुवित्तको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन ३२१ कम्पनीको चार करोड ४१ लाख कित्ता सेयर १९ अर्ब ३६ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया