Logo

मुख्य समाचार

राप्ती हाईड्रोको ७ लाख कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा


GDP नेपाल
   १४ श्रावण २०८२, मंगलबार


काठमाडौँ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ७ लाख कित्ताभन्दा बढी अवितरित हकप्रद शेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा रहेको छ । लगानीतकर्ताले बोलपत्रमा साउन २० गते सम्म आवेदन पेश गर्न सक्नेछन् ।

न्युन्तम १०० रुपैयाँ अंकित यो शेयर खरिदका लागि सबै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । गत असार १ देखि २४ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ७ लाख ४ हजार १११ कित्ता शेयर लिलामी प्रक्रिया मार्फत बिक्री गर्न लागिएको हो ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
कुल शेयरमध्ये सर्वसाधारण समूहको ५ लाख ६४ हजार १० कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा रहेको १ लाख ४० हजार १०१ कित्ता रहेको छ ।

लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु विराटनगर, विरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगरबाट ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर र विर्तामोड बाट आवेदन पेश गर्न सक्नेछन् ।

प्रकाशित : १४ श्रावण २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह