काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ३०.४९ अंकले बढेर तीन हजार विन्दुमा पुगेको छ ।
बैंकिङ १७, होटल तथा पर्यटन ३, हाइड्रोपावर १५, जीवन बीमा १३९, उत्पादन ७२, माइक्रोफाइनान्स ८८, निर्जीवन बीमा १४५, अन्य ७२ र व्यापार उपसमूह १५ अंकले बढेको छ । त्यस्तै, आज विकास बैंक ३२ र फाइनान्स उपसमूह २ अंकले घटेको छ ।
आज मुक्तिनाथ कृषी कम्पनी, ट्रेड टावर र सान्भी इनर्जीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज समता घरेलु लघुवित्तको सेयर ८.६० प्रतिशतले घटेको छ ।
यस दिन ३२१ कम्पनीको चार करोड १८ लाख कित्ता सेयर १८ अर्ब ५२ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया