काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ४७.९३ अंकले घटेर दुई हजार ९५४.१४ विन्दुमा पुगेको छ ।
बैंकिङ २४, विकास बैंक २१३, फाइनान्स ७३, होटल तथा पर्यटन १५४, हाइड्रोपावर ६३, जीवन बीमा २५०, उत्पादन १०८, माइक्रोफाइनान्स १८६, निर्जीवन बीमा २०८ र व्यापार उपसमूह ७७ अंकले घटेको छ । त्यस्तै, आज अन्य उपसमूह २३ अंकले बढेको छ ।
आज ग्रीन डेभलपमेन्ट बैंकको सेयर ८ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि आज सान्भी इनर्जीको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३२७ कम्पनीको तीन करोड ६४ लाख कित्ता सेयर १६ अर्ब ४४ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया