काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ७८.८३ अंकले घटेर दुई हजार ५०३.३५ विन्दुमा पुगेको छ ।
बैंकिङ ३१, विकास बैंक १६२, फाइनान्स ८४, होटल तथा पर्यटन ३००, हाइड्रोपावर १२६, जीवन बीमा ३१९, उत्पादन १४०, माइक्रोफाइनान्स १४१, निर्जीवन बीमा २५१, अन्य १०९ र व्यापार उपसमूह १०६ अंकले घटेको छ।
आज बुटवल पावर कम्पनीको सेयर ९.२७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर ६ प्रतिशतले बढेको छ ।
यस दिन ३२४ कम्पनीको एक करोड ४३ लाख कित्ता सेयर ६ अर्ब ७० करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया