काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से १८.४० अंकले घटेर दुई हजार ४८७.१७ विन्दुमा पुगेको छ ।
विकास बैंक ६१, फाइनान्स २६, होटल तथा पर्यटन ३१, हाइड्रोपावर ३२, जीवन बीमा १०१, उत्पादन ५२, माइक्रोफाइनान्स ३४, निर्जीवन बीमा ५६, अन्य ५० र व्यापार उपसमूह १४ अंकले घटेको छ। त्यस्तै, आज बैंकिङ उपसमूह भने ०.३५ अंकले बढेको छ ।
आज समाज लघुवित्तिय वित्तिय संस्थाको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज हिमालयन पावर पाटर्नरको सेयर ९.९३ प्रतिशतले बढेको छ ।
यस दिन ३११ कम्पनीको ७६ लाख कित्ता सेयर ३ अर्ब २७ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया