काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ९.६१ अंकले बढेर दुई हजार ६६५.६० विन्दुमा पुगेको छ ।
बैंकिङ ७, विकास बैंक ७, होटल तथा पर्यटन ६९, हाइड्रोपावर ९, उत्पादन ५८, माइक्रोफाइनान्स ३५, अन्य १० र व्यापार उपसमूह २५ अंकले बढेको छ । त्यस्तै, आज फाइनान्स ३, जीवन बीमा ४४ र निर्जीवन बीमा ३७ अंकले घटेको छ ।
आज झापा इनर्जी, सागर डीष्टिलरी र स्वस्तिक लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि बोट्लर्स नेपाल बालाजु लिमिटेडको सेयर झण्डै ४ जोशी प्रतिशतले घटेको छ ।
यस दिन ३२२ कम्पनीको एक करोड ३६ लाख कित्ता सेयर ६ अर्ब ६९ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया