काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ७.३९ अंकले बढेर दुई हजार ६१४.०७ विन्दुमा पुगेको छ ।
विकास बैंक १६, फाइनान्स ९, होटल तथा पर्यटन ६१, हाइड्रोपावर २८, जीवन बीमा १०८, उत्पादन ४३, र अन्य उपसमूह ८ अंकले बढेको छ । त्यस्तै, आज बैंकिङ १, निर्जीवन बीमा १९, माइक्रोफाइनान्स ६ र व्यापार उपसमूह ०.६३ अंकले घटेको छ ।
आज स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेकको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज हिमस्टार उर्जा कम्पनीको सेयर ३.८८ प्रतिशतले घटेको छ ।
यस दिन ३३१ कम्पनीको ८७ लाख कित्ता सेयर ३ अर्ब ७५ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया