Logo

मुख्य समाचार

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार पनि घट्यो


GDP नेपाल
   २६ मंसिर २०८२, बिहिबार


काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार सामान्य अंकले घटेको बजार आजपनि घटेर बन्द भएको हो ।

बिहीबार नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स ०.११ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०७ अंकले घटेको छ ।

यस दिन बजारमा कारोबार रकममा पनि गिरावट देखिएको छ । बुधबार ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बिहीबार ३२६ स्टकको ६९ हजार ७२९ पटकको कारोबारमार्फत ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरका ७७ लाख ६८ हजार कित्ता शेयर मात्रै किनबेच भए ।

बिहीबारको कारोबारमा दुई वटा कम्पनीको स्टक सकारात्मक सर्किट लेभलमा पुगेका छन् । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर यस दिन उच्च वृद्धि दर्ता गर्दै सकारात्मक सर्किटमा कारोबार भएका हुन् ।

यस्तै, ७.२५ प्रतिशत एसबिएल डिबेञ्चर २०९१ को मूल्य ६ प्रतिशतभन्दा बढी बढ्यो भने श्रीनगर एग्रीटेकको शेयर मूल्य पनि करिब ६ प्रतिशतले उक्लिएको छ । विपरीत रूपमा, बजारमा उच्च कारोबारमा आएको मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य ८.४२ प्रतिशतले घट्दै दिनको सर्वाधिक गिरावटमा पर्यो ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो । कम्पनीका १८ करोड ९७ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएका छन् । दोस्रो स्थानमा श्रीनगर एग्रीटेक इन्डस्ट्रीज पर्‍यो, जसका करिब साढे १२ करोड रुपैयाँबराबरका शेयर किनबेच भए ।

१३ मध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहमा गिरावट आएको छ । बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहहरूमा सामान्य सुधार देखिएको छ, जबकि अन्य उपसमूहहरूमा दबाब जारी रह्यो ।

प्रकाशित : २६ मंसिर २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह