काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १८.३७ अंकले बढेर दुई हजार ६१९.९९ विन्दुमा पुगेको छ ।
बैंकिङ ४, विकास बैंक ८३, फाइनान्स ९, होटल तथा पर्यटन १०३, हाइड्रोपावर २५, जीवन बीमा ९२, उत्पादन ३८, माइक्रोफाइनान्स ४२, निर्जीवन बीमा ९४ र अन्य उपसमूह २६ अंकले बढेको छ । त्यस्तै, आज व्यापार उपसमूह ०.२५ अंकले घटेको छ ।
आज स्वस्तिक लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज स्वेतगंगा हाइड्रोपावरको सेयर ४ प्रतिशत भन्दा धेरैले घटेको छ ।
यस दिन ३२५ कम्पनीको ७८ लाख कित्ता सेयर ३ अर्ब २९ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया