काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से १९.९२ अंकले घटेर दुई हजार ५९५.१० विन्दुमा पुगेको छ ।
बैंकिङ ६, विकास बैंक ७७, फाइनान्स ३१, होटल तथा पर्यटन ११४, हाइड्रोपावर २८, जीवन बीमा २०१, उत्पादन ७, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा ८७, अन्य ९ र व्यापार उपसमूह ३८ अंकले घटेको छ ।
आज सिन्धु विकास बैंकको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज एसवाई प्यानलको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन ३४५ कम्पनीको एक करोड १२ लाख कित्ता सेयर ४ अर्ब ५२ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया