काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्कर कर्णले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रुपमा सपथ ग्रहण गरेका छन् । उनलाई बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सपथ खुवाएका हुन् । राजस्व सचिवको जिम्मेवारीमा रहेका सचिव पुष्कर २६ साउनमा अर्थसचिवमा सरुवा भएका थिए । अर्थसचिव राष्ट्र बैंकमा सञ्चालक समिति सदस्य रहने प्रावधान छ ।