काठमाडौं । सरकारले दुई वर्षभित्र सुकुम्बासी समाधान गर्ने प्रतिबद्धता जनाएको छ । तीनै तहका सरकारको सहभागितामा सुकुम्बासी समस्या समाधान गर्ने जनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ । राष्ट्रपति भण्डारीले अहिले संघीय संसदको संयुक्त वैठकलाई सम्बोधन गरिरहेकी छन् ।