काठमाडौं । गोरखापत्र संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्यायलाई पदबाट हटाउन गरेको प्रयास असफल भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारको मुद्दा लगाएर फसाउन गरेको प्रपञ्च पनि अन्ततः असफल भएको छ । वरिष्ठ पत्रकार तथा संस्थानका तत्कालीन महाप्रवन्धक वसन्तप्रकाश उपाध्यायले मंगलबार विशेष अदालत काठमाडौंबाट सफाई पाएका छन् । विशेष अदालतका न्यायाधीशद्वय अध्यक्ष श्रीकान्त पौडेल र बलराम बास्तोलाको इजलासले…