काठमाडौं महानगरपालिकाका मेयर बालेनन्द्र साहले मापदण्ड विपरीत किताब र पोशाकको व्यापार गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत साहले विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो आएको बताउँदै सो कार्यमा संलग्न विद्यालयलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । यस अघि पनि…