काठमाडौं । नेपालको आर्थिक वृद्धिदर मुश्किलले ६ प्रतिशत छ भने प्रतिव्यक्ति आम्दानी बल्ल वार्षिक १ लाख नाघेको छ । यस्तै, देश विकासका नाउँमा लिइएको ऋणबापत नेपालीको थाप्लोमा प्रतिव्यक्ति ऋण २४ हजार १ सय ४७ रुपैयाँ पुगेको छ । औषत नेपालीको जीवनस्तर झल्काउने विवरण केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १ महिना पनि नपुग्दै नेपालका मन्त्रीहरुको सम्पत्ति…