काठमाडौं । सोल्टी होटलमा सञ्चालित विवादास्पद क्यासिनो माजोङले पुराना कर्मचारीको दायित्वबाट उन्मुक्ति पाउने सम्भावना बढेको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसहित न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको पूर्ण इजलासले यसअघि संयुक्त इजलासबाट भएको फैसला उल्ट्याएसँगै यस्तो सम्भावना देखिएको हो । यसअघि सर्वोच्च अदालतले तत्कालीन क्यासिनो नेपालका मजदुरको दायित्व मोजोङले तिर्नुपर्ने श्रम कार्यालयको निर्णयलाई सदर गरे पनि…