काठमाडौं । राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)को चौधौँ वार्षिक साधारण सभामा व्यवसायीहरुले मुलुकमा बढेको राजनीतिक द्वन्द्वका कारण निजी क्षेत्र त्रसित बनेको बताएका छन् । एनबीआई अध्यक्ष कुशकुमार जोशीले पछिल्लो समयमा राजनीतिमा उत्पन्न ध्रुवीकरणले बन्द जस्ता कार्यक्रमहरु पुन ः दोहोरिएकोले व्यवसायको सञ्चालनमा वाधा पुगेको भन्दै सरकारको ध्यानकर्षण गराए । साधारणसभाको उदघाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री…