काठमाडौं, १९ वैशाख । जि.ओ अटोमोवाइल्सले नयाँ गाडी फोर्ड फ्रिस्टाइल काठमाडौंमा सार्वजनिक गरेको छ । फोर्ड सीयूभी सेगमेन्टको फ्रिस्टाइल गाडी नेपाली बजारमा सार्वजनिक भएको हो। ललितपुरको लबिम मलमा आयोजित एक विशेष कार्यक्रममा गाडी सार्वजनिकीकरणपछि अटोमोबाईल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले जि.ओ. अटोमावाईल्सले फोर्ड फ्रीस्टाइलमा क्रसओभर मात्र नभै भरपूर्ण विशेषताहरु रहेकाले नेपाली ग्राहकहरुले एकदमै रुचाउने दाबी गरे…