सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले दोस्रो त्रैमासमा ४ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा २७.२८ प्रतिशतले घटेको हो । गत वर्षको यसै अवधिमा कम्पनीले ६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो…