काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले बुद्ध एयरसँग साझेदारीसम्बन्धी सम्झौता सम्पन्न गरेको छ । सम्झौताअनुसार ज्योति लाइफ इन्स्योरेन्समा आबद्ध निश्चित मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीले बुद्ध एयरको टिकटमा विशेष छुट प्राप्त गर्नेछन् । ज्योतिका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीलगायतलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहकहरुले बुद्ध एयरको बिक्री काउन्टरबाट टिकट खरिद गर्दा…