नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले नेपालमा उत्पादित हस्तकलाका सामग्रीले बजारको माग धान्न नसकेको बताउनुभएको छ । उहाँका अनुसार विश्व बजारमा नेपाली हस्तकलाको राम्रो माग रहेकाले यहाँ उत्पादित वार्षिक रु १२ अर्बका हस्तकलाका सामग्री निर्यात हुनाका साथै नेपाली बजारमासमेत यस्ता सामग्रीको माग बढ्दो छ । अध्यक्ष शाक्यले भन्नुभयो, “हातले बनाएका सामग्रीमध्ये फेल्कबाट उत्पादित सामग्री मात्र…