काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सरकारले पेट्रोल र डिजेलमा लगाइरहेको कर घटाएर मूल्य समायोजन गरेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ तथा डिजेलको १६३ रुपैयाँ कायम गरिएको छ । पेट्रोलमा २० रुपैयाँ तथा डिजेलमा २८ रुपैयाँ कर घटाइएको छ । शनिबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले…