Logo

मुख्य समाचार

१३ अंकले बढ्यो नेप्से, एक अर्बको कारोबार


GDP नेपाल
   १० असार २०७९, शुक्रबार


साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सेयर बजार परिसूचक नेप्से १३.७८ अङ्कले बढेर एक हजार ८६२.०६ बिन्दुमा पुगेको छ ।

आज बैंकिङ २, विकास बैंक ५७, फाइनान्स २४, होटल तथा पर्यटन २६, जलविद्युत् २४, लगानी १.२६, जीवन बीमा १३१, उत्पादन २९, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा १२८, अन्य १२ र ब्यापार उपसमूह ३ अंकले बढेको छ ।

आज न्यादी जलविद्युतको सेयर १० प्रतिशतले बढेको छ भने आधिखोला लघुबित्त बित्तीय संस्थाको सेयर ७ प्रतिशत भन्दा धेरैले घटेको छ ।

आज २२३ कम्पनीको ३५ लाख कित्ता सेयर एक अर्ब १५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै कुमारी बैंकको आठ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : १० असार २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह