बुधबार सेयर बजारमा पहिरो गएको छ । नेप्से परिसूचक ३१.२१ अङ्कले घटेर एक हजार ८९३.५३ विन्दुमा पुगेको छ ।
आज बैंकिङ १६, विकास बैंक ८९, फाइनान्स ३६, होटल तथा पर्यटन २५, जलविद्युत् ५३, लगानी १, जीवन बीमा १३२, उत्पादन ५७, माइक्रोफाइनान्स ४५, निर्जीवन बीमा १५५, अन्य ३७ र ब्यापार उपसमूह १७ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै म्युचुअल फण्ड ग्लोबल आईएमई समुन्नत स्किम र आँधिखोला लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ। यस्तै, युनाइटेड आईडीआई मर्दी आरबीको सेयर ६ प्रतिशतले घटेको छ ।
आज २२९ कम्पनीको ३० लाख कित्ता सेयर ८४ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया