Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, एक अर्बको पनि भएन कारोबार


GDP नेपाल
   ३० जेष्ठ २०७९, सोमबार


सोमबार सेयर बजार राताम्मे भएको छ ।

आज नेप्से १५.८२ अंकले घटेर २ हजार ३२.३४ विन्दुमा पुगेको छ । बैंकिङ ११, विकास बैंक १६, फाइनान्स १७, होटल तथा पर्यटन ३५, जलविद्युत् ५, जीवन बीमा १४०, उत्पादन ५१, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा १०२, अन्य १ र ब्यापार उपसमूहको सूचक १५ अंकले घटेका छन् ।

समग्रमा बजार ओरालो लागे पनि बलेफी हाइड्रोपावर र ग्रीन भेन्चरको सेयर मूल्य भने १० प्रतिशतले बढेको छ । यस्तै, मानुसी लघुवित्तको सेयर मूल्य ५.४ प्रतिशत घटेको छ ।

आज कुल २३० कम्पनीको २९ लाख कित्ता सेयर ९९ करोड ८६ लाख रुपैयाँमा कारोबार भएको छ । आज सानिमा बैंकको सर्वाधिक ९ करोड २ लाखको कारोबार भएको छ ।

प्रकाशित : ३० जेष्ठ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह