सेयर बजारको ओरालो यात्राले मंगलबार पनि निरन्तरता पाएको छ । आज नेप्से ३६.०७ अंकले घटेर एक हजार ९९६.२६ विन्दुमा पुगेको छ ।
बैंकिङ १२.४६, विकास बैंक ७६.८२, फाइनान्स ३२.३२, होटल तथा पर्यटन ४६.६३, जलविद्युत् ६६.३३, जीवन बीमा १८६.८८, उत्पादन ६७.६३, माइक्रोफाइनान्स ७७.२, निर्जीवन बीमा २४२.७, अन्य ५१.८१ र ब्यापार उपसमूहको सूचक ५२.९९ अंकले घटेको छ ।
समग्र बजार ओरालो लागे पनि आधिखोला लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य भने ८ प्रतिशतले वृद्धि भएको छ । यस्तै, हिमालयन पावर पार्टनरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज कुल २३२ कम्पनीको ४१ लाख कित्ता एक अर्ब १८ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया