Logo

मुख्य समाचार

शेयर बजारका साना लगानीकर्ता आत्महत्या गर्ने स्थितिमा पुगेः गगन थापा


GDP Nepal
   १ असार २०७९, बुधबार


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको अस्थिर नीतिका कारण शेयर बजारमा समस्या देखिएको र यसले साना लगानीकर्ता सबैभन्दा बढी मारमा परेको बताएका छन् ।

“२०७८ भदौ २ गते ३१९८ बिन्दुमा पुगेको शेयर बजार परिसूचक हिजो १९९६ बिन्दुमा झरीसक्यो,” प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै थापाले भने, “यसले साना लगानीकर्तामा ठूलो समस्या आएको छ, उनीहरु आत्महत्या गर्ने स्थितिमा पुगिसके ।”

महामन्त्री थापाले बैंकमा तरलता अभावका कारण शेयर बजारमा गिरावट आए त्यसलाई सहज रुपमा लिन सकिने तर अहिलेको संकट भने शेयर कर्जामा तोकिएको सीमाका कारण आएको उल्लेख गरे ।

आफूलाई दिनहुँ दर्जनौं व्यक्तिले गुनासो गरिरहेको जानकारी गराउँदै शेयर बजारमा देखिएको यो समस्याबाट काठमाडौंका मात्र नभइ उपत्यकाबाहिरका लगानीकर्ता पनि उत्तिकै समस्यामा परेको बताए ।

शेयर बजारमा लगानी गर्ने साना लगानीकर्ताले खाइनखाई जम्मा गरेको रकम जोखिममा पर्दा सरकार गलत नीति सच्याउन तयार हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : १ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह