Logo

मुख्य समाचार

रोकिएन सेयर बजारको ओरालो यात्रा, आज २९ अंकले घट्यो


GDP नेपाल
   १ असार २०७९, बुधबार


बुधबार पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । आज नेप्से २९.८९ अङ्कले घटेर एक हजार ९६६.३७ विन्दुमा झरेको छ ।

बैंकिङ १७, विकास बैंक ५३, फाइनान्स २९, होटल तथा पर्यटन १३, जलविद्युत् ५४, जीवन बीमा १८९, उत्पादन ७७, माइक्रोफाइनान्स ६६, निर्जीवन बीमा १३४, अन्य ०.४५ र ब्यापार उपसमूहको सूचक ४१ अंकले घटेका छन् ।

समग्रमा बजार ओरालो लागे पनि आँधीखोला लघुवित्त र सीवाईसी लघुवित्तको सेयर भने १० प्रतिशतले बढेको छ । यस्तै, बलेफी हाइड्रो र लाइफ इन्सोरेन्स कर्पोरेशनको सेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ ।

आज कुल २२९ कम्पनीको ४१ लाख ८२ हजार कित्ता सेयर एक अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : १ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह