Logo

मुख्य समाचार

दुई घण्टा खुलेको सेयर बजारमा ७ अंकको गिरावट


GDP नेपाल
   ३ असार २०७९, शुक्रबार


शुक्रबार सेयर बजारमा गिरावट आएको छ ।

नेप्से परिसूचक ७.५७ अंकले घटेर १ हजार ९७१ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इन्डेक्स ०.९ अंक, फ्लोट इन्डेक्स ०.५३ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३७ अंकले घटेको छ ।

बैंकिङ ५, विकास बैंक १४, फाइनान्स ८, होटल तथा पर्यटन १५, जलविद्युत् १८, जीवन बीमा ४, उत्पादन ८, माइक्रोफाइनान्स १, निर्जीवन बीमा १८, अन्य ८ तथा व्यापार ९ अंक घटेको छ ।

समग्रमा बजार घटेपनि आँधिखोला लघुवित्तको मूल्य भने १० प्रतिशतले बढ्यो । यस्तै, रिभर फल्सको मूल्य सबैभन्दा धेरै ५.९ प्रतिशतले घटेको छ ।
आज कुल २२० कम्पनिको २३ लाख ५५ हजार कित्ता सेयर ७३ करोड ६३ लाख रुपैयाँमा कारोबार भएको छ । आज नेपाल टेलिकमको सर्वाधिक १० करोड १५ लाखको कारोबार भएको छ ।

प्रकाशित : ३ असार २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह