Logo

मुख्य समाचार

दोहोरो अंकले बढेको सेयर बजारमा ६६ करोडको कारोबार


GDP नेपाल
   ११ आश्विन २०७९, मंगलबार


मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १५.९२ अंकले बढेर एक हजार ८३१.०५ विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटन र म्यूचूअल फन्ड बाहेक सबै उपसमूहमा हरियाली छाएको छ । सबैभन्दा धेरै विकास बैंक समूह ५१ अंकले बढेको छ ।

यस दिन सामुदायीक लघुवित्त वित्तिय संस्थाको सेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि गरिमा डिबेन्चर २०८५ को सेयर भने १० प्रतिशतले घटेको छ ।

यस दिन २२९ कम्पनीको २१ लाख कित्ता सेयर ६६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोको दुई करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : ११ आश्विन २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह