Logo

Uncategorized

को बन्ला कृषि विकास बैंकको सीईओ ?


GDP Nepal
   १६ माघ २०७९, सोमबार


काठमाडौं । पुस १० गतेदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ)विहीन कृषि विकास बैंकमा नयाँ नियुक्तिका लागि तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
सरकारको बहुमत सेयर रहेको पब्लिक कम्पनी कृषि विकास बैंकको सीईओका लागि हालसम्म २२ जनाले आवेदन दिएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको कार्यकाल सकिएपछि पुस १० गतेदेखि यो पद रिक्त रहेको छ ।

सीईओका लागि आवेदन दिनेहरुमा रामदेव यादव, प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, गोविन्द गुरुङ, पूर्णप्रसाद आचार्य, कबिराज अधिकारी रहेका छन् ।

यस्तै, सीए भानु कँडेल, ताराखर अधिकारी, विष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसी, बद्री गुरागाईँ, रामराज उपाध्याय, नरेश कुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलकराज पाण्डेय, भवानी शंकर चापागाईँ, अरुणकुमार ढुंगाना र प्रमोदबाबु तिवारीले पनि आवेदन दिएका छन् ।

पब्लिक कम्पनी भए पनि सरकारको बहुमत सेयर रहेका कारण सीईओ नियुक्तिमा अर्थमन्त्रीको प्रत्यक्ष हात हुन्छ ।

कृषि विकास बैंकमा ५१ प्रतिशत सरकार र बाँकी ४९ प्रतिशत सर्वसाधारणको लगानी छ । बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने म्याद तोकेको थियो ।

प्रकाशित : १६ माघ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह