Logo

मनोरञ्जन

व्यवसायी तथा चित्रकार विजेन्द्र श्रेष्ठको एकल चित्रकला प्रदर्शनी


GDP नेपाल
   ७ फाल्गुन २०८०, सोमबार


व्यवसायी तथा चित्रकार विजेन्द्र श्रेष्ठको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । बबरमहलस्थित आर्ट काउनसिलमा सुरु भएको सो प्रदर्शनीको उद्घाटन काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल र संघिय संसदका सदस्य विराजभक्त श्रेष्ठले गरेका हुन् ।

कार्यक्रममा कला समिक्षक मुकेश मल्लले चित्रकार श्रेष्ठले आफ्ना चित्रहरुमार्फत काठमाडौँको कला र संस्कृतिलाई चित्रण गरेको बताए ।

“श्रेष्ठले काठमाडौँको कला र संस्कृतिलाई संरक्षण गर्दे पुस्तान्तरण गर्ने कार्यलाई आफ्नो कला र मनोभाव मार्फत पूरा गरेका छन्, यो गौरवको विषय हो,” उनले भने ।

कार्यक्रममा काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोलले श्रेष्ठको चित्रमा कला, संस्कृतिदेखि सम्पदासम्मका वस्तुहरु समेटिनुनै गौरवको विषयको भएको जनाइन् । उनले श्रेष्ठलाई बधााई दिँदै दुई दशकको अथक मेहनतलाई एकल प्रदर्शनीमा राख्नुनै ठूलो उपलब्धि रहेको बताइन् ।

“चित्रकार श्रेष्ठ व्यापारी पनि हो, वैज्ञानिक पनि हो, टेक्नोलोजी विज्ञ पनि हो, केमेष्ट्रि, वायोलोजी विषयको अध्यता पनि हो । उहाँ धेरै अध्ययनशिल हुनुहुन्छ र उत्तीकै मेहनती पनि । त्यो अध्ययनशीलता र मेहनत उहाँको चित्रकलामा पनि प्रतिबिम्बित भएको छ,” डंगोलले भनिन् ।

सो अवसरमा संघिय संसदका सांसद विराजभक्त श्रेष्ठले कलाले महाकाव्यले समेत वर्णन गर्न नसकेको कुराहरुलाई तस्वीरमा उजार गर्ने बताए । उनले श्रेष्ठ वहुआयामीक व्यक्ति भएका कारण आउँदो पुस्ताका लागि उनका कलाहरु जीवित सम्पदा रहेको जनाए ।

“कलाको कुनै बोली हुँदैन, यो भावनाको प्रतनिधितव गर्ने माध्यम हो”, उनले भने,” श्रेष्ठले कला र व्यवसायलाई सँगसँगै अघि बढाइरहेका छन् । जसलाई आउँदो दिनहरुमा विश्भर चिनाउनुपर्छ, यो नरम कुटनिती पनि हो ।”

कार्यक्रममा चित्रकार श्रेष्ठले प्रदर्शनीमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै एकल चित्रकला प्रदर्शनी गर्नु आफ्नो लागि महत्वपूर्ण उपलब्धि भएको जनाए ।

लामो समयदेखि व्यापारमा संलग्न विजेन्द्र श्रेष्ठले व्यापार संकायमा स्नातककोत्तर गरेका छन् । कलाकारिताका अलावा उनी आफुलाई प्राविधिक उद्यमीको रुपमा पनि चिनाउँछन् जो नविनतम वैज्ञानिक प्रविधिहरुलाई पनि भित्र्याउने कुरामा प्रयासरत छन् ।

प्रकाशित : ७ फाल्गुन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह