काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ६३.७३ अंकले घटेर दुई हजार ८५८.९० विन्दुमा पुगेको छ ।
बैंकिङ ३४, विकास बैंक १०४, फाइनान्स ४४, होटल तथा पर्यटन ८३, हाइड्रोपावर ४९, जीवन बीमा २९७, उत्पादन १९४, माइक्रोफाइनान्स १६७, निर्जीवन बीमा २२९, व्यापार ६१ र अन्य उपसमूह ९६ अंकले घटेको छ ।
आज सान्भी इनर्जिको सेयर ९.९९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज ट्रेड टावर र शीवश्री हाइड्रोपावरको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन ३१९ कम्पनीको तीन करोड २२ लाख कित्ता सेयर १३ अर्ब ७ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया