बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा धवलागिरि क्षेत्रकै ठूलो होटल निर्माण हुन लागेको छ । बेनीमा व्यवसाय गर्दै आउनुभएका राजु हमालले रु २५ करोड लगानीमा ५७ कोठा क्षमताको ‘होटल नेचुरल स्प्रिङ प्रालि’ सञ्चालनमा ल्याउन लाग्नुभएको हो । रोयल, डिलक्स र साधारण गरी तीन स्तरका सुविधासहितका कोठाको व्यवस्थासहित होटल निर्माण गरिरहेको उहाँले बताउनुभयो । करिब…