काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोनाभाइरस संक्रमण परीक्षणमा शुल्क लिने सरकारको निर्णय जनस्वास्थ्य क्षेत्रमा भयावह स्थिति उत्पन्न हुनसक्ने चिन्ता व्यक्त गरेको छ । प्रतिष्ठानले बुधबार विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस संक्रमण परीक्षणका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने निर्णय सकारात्मक भए पनि यसको लागत सम्बन्धित व्यक्तिले नै बेहोर्नुपर्ने निर्णयलाई उचित मान्न नसकिने टिप्पणी गरेको छ ।…