आठौं उद्योग दिवस २०७९ को अवसर पारेर नेपाल उद्योग परिसंघले उद्योग सचिव डा. तोय नारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीसँग अन्तरक्रिया गरेको छ । नेपाल उद्योग परिसंघ सचिवालयमा बिहिबार आयोजित ‘परिसंघमा परिचर्चा’ अन्तरक्रियामा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध सदस्यहरूलाई सहुलियत दिन आग्रह गरे ।…