काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रसँग नियमित र संस्थागत संवाद गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा अर्थ मन्त्रालयद्वारा बुधबार आयोजित स्वागत कार्यक्रममा अर्थमन्त्रीले अर्थ मन्त्रालयले निजी क्षेत्रसंगको सहकार्यलाई विशेष जोड दिइआएको र आगामी दिनमा पनि यस कार्यलाई थप मजवुत बनाउंदै जाने विश्वास दिलाए । महासंघका तर्फबाट प्राप्त सुझावलाई आफूले…