काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार विश्वासको लिने भएका छन् । विश्वासको मतका लागि कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुखमार्फत सङ्घीय संसद् सचिवालयमा प्रस्ताव दर्ता गरेका छन् । पुनः स्थापित प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने संसद सचिवालयको कार्यसूचीमा उल्लेख गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले पनि आइतबार नै कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइसकेका छन्…