काठमाडौं । उद्योगपति सिद्धार्थ शमशेर राणा पाँचौं पटक सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति बनेका छन् । सरकारले सातौं राष्ट्रिय कर दिवसका अवसरमा उनलाई व्यक्तिगत आयकर विधामा सम्मान गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले राणासहित सातौं राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरे । राणा पाँचतारे होटल सोल्टीसहित ट्रेडिङतर्फ टाटा गाडीको…