काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। गत सोमबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला ९१ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदी एक हजार २१० रुपैयाँमा कारोवार भइरहेको छ । महासंघका अनुसार तेजाबी सुन ९० हजार ५०० रुपैयाँ कारोवार भइरहेको छ ।