काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले एक महिनाभित्रै आईपीटीभीको परीक्षण गर्ने भएको छ । ल्यान्डलाइन फोनको एउटै तारबाट टेलिफोन, इन्टरनेट र टिभीसमेत चल्ने यो प्रविधि नेपालमा नौलो हो । टेलिकमले झन्डै १ दशकदेखि आईपीटीभी ल्याउने चर्चा रहे पनि बल्ल योजनाले मूर्त रुप पाएको हो । यसबाट उपभोक्ताको घरमा टेलिफोन, इन्टरनेट र केबल टेलिभिजनका लागि छुट्टाछुट्टै…