काठमाडौं । मुलुकमा हालसम्म पत्ता लागेका कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । संक्रमितमध्ये तीन जनालाई निको भइसके पनि २८ जनामा अझै कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पोजेटिभ रहेको सरकारले जनाएको छ । यद्यपि, नेपालमा कोरोना संक्रमण पत्ता लागेकामध्ये सबै नेपाली भने होइनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल संक्रमण बाँकी रहेका २८ जनामध्ये आधाभन्दा बढी…