काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । बैँकले गत वर्षको आर्थिक नाफाबाट सेरधनीहरुका लागि ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।