काठमाडौं । अमेरिकी सहयोगको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एससीसी)सँग सम्बन्धित आयोजना न्यू बुटवल–गोरखपुर प्रसारण लाइनमा सहमति जुटाउनेलगायतका उद्देश्यसहित नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक सोमबारदेखि नयाँ दिल्लीमा सुरु हुँदैछ । एमसीसी संसदबाट पारित हुन नसकेको तथा भारतको समेत सहमतिका शर्त अघि सारिएपछि यो बैठकलाई चासोपूर्वक हेरिएको छ । यो प्रशारणलाइनमा सहमति हुन नसके एमसीसीको सहयोग कार्यान्वयनमा बाधा पुग्नेछ…