काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य समयमै पूरा नहुने भएको छ । विमानस्थल निर्माणको काम तीब्र गतिमा भइरहे पनि निर्धारित लक्ष्य भेटाउन गाह्रो रहेको आयोजना व्यवस्थापनले जनाएको छ । अर्कोतर्फ विमानस्थल निर्माणका लागि नदीजन्य सामग्रीमा एक्कासी कर बढाएर बुटवल उपमहानगरपालिकाले भाँजो हालेको छ । एउटै जिल्लामा बन्ने राष्ट्रिय गौरवको आयोजनाप्रति उपमहानगरको रवैयाप्रति…