काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०७९–८० को बजेट चुनावी बजेट नभएको दावी गरेका छन् । उनले ‘चुनावी बजेट’ भन्ने प्रतिपक्षी दलको आरोपलाई खण्डन गर्दै नियमित र औद्योगिकीकरणतर्फको प्रस्थान बजेटका रुपमा लिन आग्रह गरे । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग अर्थमन्त्रीले भने, “उत्पादन बढाउने कार्यक्रम ल्याउनु, कृषिलाई प्राथमिकतामा…