Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   १४ असार २०७९, मंगलबार


मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.८२ अङ्कले घटेर एक हजार ९२१.३१ विन्दुमा पुगेको छ ।

विकास बैंक ४३, फाइनान्स २२, होटल तथा पर्यटन १७, जलविद्युत् ३६, उत्पादन ४८, माइक्रोफाइनान्स ३८, निर्जीवन बीमा १०९, अन्य १३, लगानी १ र ब्यापार उपसमूह १४ अंकले घटेको छ । त्यस्तै, बैंकिङ ०.२९ र जीवन बीमा ९६ अंकले बढेको छ ।

समग्रमा बजार घटे पनि आज सीवाईसी नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै लक्ष्मी इक्विटी फन्डको सेयर झन्डै ६ प्रतिशतले घटेको छ ।

आज २३० कम्पनीको ३० लाख कित्ता सेयर एक अर्ब ५ करोडमा कारोबार भएको छ । सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्सको सात करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : १४ असार २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह