Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ७५ अंकले बढ्यो नेप्से


GDP नेपाल
   १६ असार २०७९, बिहिबार


बिहिबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ७४.९३ अङ्कले बढेर दुई हजार ३७.६४ विन्दुमा पुगेको छ ।

आज बैंकिङ २९, विकास बैंक २०४, फाइनान्स १००, होटल तथा पर्यटन १२७, जलविद्युत् १०६, लगानी २, जीवन बीमा २९६, उत्पादन २५०, माइक्रोफाइनान्स २०४, निर्जीवन बीमा ३७८, अन्य ८६ र ब्यापार उपसमूह १२६ अंकले बढेको छ ।

आज नेपाल फाइनान्स, मैलुङखोला जलविद्युत्, न्यादी हाइड्रो, सीवाईसी नेपाल लघुवित्त, आँधीखोला लघुवित्त र सूर्योदय ओमी लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २२७ कम्पनीका ७२ लाख कित्ता सेयर दुई अर्ब ४५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको नौ करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भयो ।

 

प्रकाशित : १६ असार २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह